आजसम्म पालिराको रहर तिम्रो लागि
सज्जनहरूले बास बस्ने शहर तिम्रो लागि

जति खेरै आइरहने मेरा तिनै सपनीमा
अमृतजस्तै बिहानीका प्रहर तिम्रो लागि

तिम्लाई मात्र खोजिराख्ने यिनै नयनमा
उछालिएका समुद्रका लहर तिम्रो लागि

नजिक आई मुस्कुराउने आँटै नहुँदा नि
स्नेहले भरिएका बहर तिम्रो लागि ।

विराटनगर ८, मोरङ