सिरिखुरी अरुकै, छुन कसरी आऊँ
तिमीलाई भेटेर, रुन कसरी आऊँ

पठाइछौ खबर त, आऊ जसरी भेट
तिमी सामू जोकर, हुन कसरी आऊँ

पिई दिन्थेँ बरु म, दिए घुटुक्क विष
मुहार यी आँशुले, धुन कसरी आऊँ

थला छु म आज, दुख्छ मनको घाउ
थोपा खुन खस्दैछ, लुन कसरी आऊँ

धुमिलिए यी आँखा, छैनौ नजिकै तिमी
दो बाटामा छाएन, जून कसरी आऊँ ।