सलाई कोरेर मलाई, आगो लगाई जाऊ
पलपलमा याद चल्छ, छाती जलाई जाऊ

तिम्रा रहरहरूमा मेरा, सपना फुल्ने गर्छन्
सपना लिलाम गर्छु, हल्ला चलाई जाऊ

प्रेमको खाँतिर आखिर, तकदिर दाउमा राखी
मरुद्यान न हुँ म फुल्छु, हुन्छ भलाई जाऊ

माया मायामा मृगतृष्णा बोकेर जल्दा
थाक्दै नथाक्ने मनको, आस्था ढलाई जाऊ

हजार चोटले भन्दा, एउटै चोटले पुग्ने
म प्रेम चोट हुँ बिन्ती, नजिक नआई जाऊ