धुवाँ धुलो त के कुरा, गोली बारुद चले पनि ।
मलाई मेरै नेपाल प्यारो, रोग र भोकले ढले पनि ।।
नसामा नदी कोशी र काली, जन्मेको माटो मुटुमा सधैँ ।
सधैँ धरहरा शिरमा मेरो, दरबार त्यो नौ तले पनि ।।
खुसी खोज्ने लहरमा पर, ओसियान युरोप पुगे पनि ।
मन भन्छ बेस जन्मेकै देश, निधारमा भाविले छले पनि ।।
कसरी भुलुँ डाँफे र मुनाल, अपि, सैपाल र सगरमाथा ।
सुगन्ध आहा श्रीखण्ड कपुर, मरेर चितामा जले पनि ।।
दाङ,
हालः न्युजिल्यान्ड
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला