
ऊ, एकान्तमा जलिरहेको, मैन हेरेर टोलाइ रहेछ
लाग्छ ज़िन्दगी यस्तै, छोटोछोटो हुँदै आइ रहेछ
दुखी हुनलाई त पलपलको दुख, छँदैछ नि प्रिय
खुसी हुन सिक्नु, ज़िन्दगीको ठूलो सिकाइ रहेछ
चाहे जति सिक या सिकाऊ अरूलाई ज़िन्दगीभर
शिक्षा सबैको आ-आफ्नै अनुभव र भोगाई रहेछ
दीपझैँ झलल्ल जलेर, जिउनुपर्ने उसको जिन्दगी
क्षणिक सुखका लागि खै किन आँशु खसाइ रहेछ
अरुलाई दोष दिन अति सजिलो मान्छ मान्छे, तर
केवल आफ्नै कारणले, मानिस दुःख पाइ रहेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
