प्रेम मात्र अनुभव हो नीति हुन्न

पीडामा रहे पीडित बेथिति हुन्न ।१।

 

भावमा रहे  भावनामा बग्नु पर्छ

अहिले होस् या पहिल्यै मिति हुन्न।२।

 

प्रेम कस्को छ र पूरा भएको भन्नुहोस् ?

जति चर्चित् छन् ती अधुरो रीति हुन्न ।३।

 

साँचो प्रेम गर्नेले हार्नुपर्छ  बारबार

हरुवा सँधै फेल  हुन्छ जिती हुन्न ।४।

 

शर्त हुन्न रे प्रेममा विनाशर्त हुन्छ

निभाऊ नाता न निभाए प्रीति हुन्न ।५।

 

 

हेलम्बु-६,

सिन्धुपाल्चोक