मृत्यु निश्चित छ, यो शरीर केही रहेनछ।
मलाई लाग्छ, मेरो तक्दिर केही रहेनछ।
मृत्युको पञ्जाबाट बालबाल बचेको छु।
शरीर नरहे पछि, जाबो शिर केही रहेनछ।
जीवन एक खेल हो, विचार गरेर खेलौं।
सिन्दूर खेलेर भन्छौ, अबिर केही रहेनछ।
देख्नेले अनुहारमा, भएको हाँसो देख्छन्।
छुटेर जानेलाई त्यस्तो, पीर केही रहेनछ।
केहि बेर हिँड्दैमा, गन्तव्य एउटै हुने होइन।
फिरन्ते आदत लागेछ, फकिर केही रहेनछ।
तिम्रो जीवन नै, मेरो बाँच्ने आधार थियो।
मनमा पहिरो गएपछि, भीर केही रहेनछ।
उठिबास भयो, मेरो पक्षमा बोल्ने भएन।
कानुनीमा स्थापित, नजिर केही रहेनछ।
~~~~
दमौली, तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला