सबै मिलेर बसुन्, यति भए पुग्छ
मन्द मुस्कान खसुन्, यति भए पुग्छ

जस्तो छ आटो ढिडो, दिल खुस पारी
खाउँला किची लसुन, यति भए पुग्छ

घर, घरजस्तै बनोस्, प्रेमले सजिएको
दिलमा स्नेह घसुन्, यति भए पुग्छ

मर्नै परेछ यदि भने, मै मरुला पैला
प्रेमले कात्रो कसुन्, यति भए पुग्छ

बा आमा भन्दा ठुलो, को छ संसारमा
मनमा बाआमा पसुन्, यति भए पुग्छ ।

 

सुनकोशी ६, सिन्धुली
हालः पोखरा