देशको मायाले राहदानी फिका लाग्छ

सरकारलाई मेरो जवानी फिका लाग्छ

 

विपदमा गाउँ फर्केर पाउने गर्छु उत्तर

आमालाई किन राजधानी फिका लाग्छ

 

किन मरूँ म उनको निम्ति बारम्बार

उनलाई ज्यानकै बलिदानी फिका लाग्छ

 

वर्षौंदेखि कसैको मिलनको पर्खाइमा

यो दिलै भए भोको, पानी फिका लाग्छ

 

तिमी सबैको सपना बेचेर धनी भा’छौ

मलाई आफै सँग बैमानी फिका लाग्छ

 

साथी राखौँ शीर स्नेहको सिरानीमाथि

रातिको झगडा बिहानी फिका लाग्छ ।

 

 

 

अग्निशाईर सवरण गाउँपालिका- ४, सप्तरी

हाल : बालकोट, भक्तपुर