निहुरिँदा पत्थर पनि देउता हुन्छ
तनावमा हर कोहीको आत्मा रुन्छ
अकास भन्नुहोस् कि त यो ब्रह्माण्ड नै
मन छ भने हजुर जता पनि छुन्छ
सानो भएर त हो उसको रेखदेख
ठूलो भए त बच्चाले आफैँ लुगा धुन्छ
संसदको काम मन्त्री चुन्ने कहाँ हो र
यहाँ त सिर्फ रुपैयाँ पैसाले चुन्छ
जब गति छाडाहरू ओहदामा बस्छन्
तब निमुखाका कुराहरू कसले सुन्छ ?
किरण रिजाल “अन्जान”
विराटनगर १
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला