सधैँ यो मेरो दिलको आसपास हुँदैछ
एउटा मान्छे मेरो लागि खास हुँदैछ

अन्जान अन्जानमै हिँडिरहेथेँ हिजोसम्म
यात्रा के रहेछ, बल्ल आभास हुँदैछ

प्रेममा परेको मान्छे पागल हुन्छ सुनेथें
हो रहेछ यो दिल त उसैको दास हुँदैछ

कुर्सीमा बस्नेहरूले खुब आश देखाए
त्यसैले यो जिन्दगी सत्यानाश हुँदै छ

वर्षा नलाग्दै चुहिन्छन् घरका छानाहरू
यही सम्झेर यो मन निराश हुँदै छ

इटहरी