रोई रहे कर्णाली धेरै कुरा बिग्रन्छ
नभए अन्न बाली धेरै कुरा बिग्रन्छ !
भोकले बालुवा खाएका नानीलाई
नगरी बसे गाली धेरै कुरा बिग्रन्छ !
चरा बसाइँ सर्छन् निराशाको जङ्गल
उजाडिए डाली धेरै कुरा बिग्रन्छ !
धनीहरूले होइन गरीवहरूले मात्रै
चढ्नु परे उकाली धेरै कुरा बिग्रन्छ !
कतै जातका नाउँमा कतै धर्मका नाउँमा
बाँडिए भने नेपाली धेरै कुरा बिग्रन्छ !
वागमती ११, कर्मैया, सर्लाही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला