आऊ हामीलाई पनि सिकाइ देऊ कला भुलाइ जाने
भोटे ताल्चा दिलमा लगाई धोकाले बाटो खुलाइ जाने
सुनको त हैन मायाको तस्करी गर्न पनि सिक्नु छ
जान्नु नै पर्नेछ तस्करलाई मायाजालमा थुनाइ जाने
मायाको त केन्द्र बन्नु छ अनि सबैको आँखाको नानी
सिक्नु छ मायाको राजनीतिमा नेतृत्व चुनाइ जाने
उदेक लाग्दो हैन सुनी रहुँ लाग्ने भाषण गर्नु छ
मायाको भेलामा घण्टौँ मधुर भाषण सुनाइ जाने
कोर्नु छ झण्डा मायाको सबैलाई सर्व स्विकार्य हुने
घर घर मायाको झण्डा होस् यस्तो झण्डा बुनाइ जाने
सिद्धिचरण नगरपालिका-२,
ठूलाछाप-निशंखे, ओखलढुङ्गा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला