मौका छोपी आफूलाई सिँगारेको हामीले नै हो ।
आफू बन्दा देश बिग्रियो देश बिगारेको हामीले नै हो ।।१।।

उधारोमा राखी बाचा आफ्ना रहर पूरा गरी।
होइन होइन त्यसो नभन्नुस् देश बिगारेको हामीले नै हो ।।२।।

अपजसिलो काम गरी जस लिने खोज्दा पनि ।
सम्मान पाउने समाज यो देश बिगारेको हामीले नै हो ।।३।।

सेता सेता आवरणमा काला काला काम गरी ।
आफूलाई सपारेर देश बिगारेको हामीले नै हो ।।४।।

शक्तिलाई नै सत्य मान्ने समाजमा बसेपछि ।
किन लजाउनु अब देश बिगारेको हामीले नै हो ।।५।।

आफू बने देश बन्छ भन्ने अर्ति दिनेलाई ।
गुरुलाई गुरु मानी देश बिगारेको हामीले नै हो ।।६।।