मालिकले दासलाई वास्ता गर्दैनन् अचेल
मलामीले लासलाई वास्ता गर्दैनन् अचेल
के हुँदैछ हाम्रो देशमा अहिले यो सरकार !
गाँस बाँस कपासलाई वास्ता गर्दैनन् अचेल
नहुनेहरु त नहुने नै भए के दिन सकिन्छ र ?
थन्किएको रासलाई वास्ता गर्दैनन् अचेल !
कृत्रिम रङहरुमा खुशी लेख्न बानी परेकाले
फूलको सुवासलाई वास्ता गर्दैनन् अचेल
क्षितिज हेरेर गन्तव्य कोर्नेहरुले हो सायद
आफ्नै खासलाई वास्ता गर्दैनन् अचेल ।
टाेखा ६, धापासी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला