के मजा चल्तीको मूलबाटो छाडेनौ भने
के मजा अनेकौं स्वाद चाखेनौ भने
के मजा खराब आदत त्यागेनौ भने
के मजा सुतिरह्यौ जागेनौ भने

के मजा यात्रामा ठक्कर लागेन भने
के मजा समयमै मति जागेन भने
के मजा गल्तीमा माफी मागेन भने
के मजा सत्यको मार्गमा लागेन भने

के मजा मित्रतामा अभिमान छिर्‍यो भने
के मजा मित्रले नै मित्रलाई पिर्‍यो भने
के मजा मित्र नै दुष्कर्ममा गिर्‍यो भने
के मजा कलङ्कको कालिख भिर्‍यो भने

के मजा मित्र नै संघर्षमा हार्‍यो भने
के मजा मित्रैले फन्दामा पार्‍यो भने
के मजा विश्वासले छातीमा दार्‍यो भने
के मजा दोष सबै मित्रमा सार्‍यो भने

के मजा पुराना गल्तीहरू धोएन भने
के मजा मुटुमा अनुरागले छोएन भने
के मजा मनको गाँठो फोएन भएन
के मजा दर्दका दुई आँसु रोएन भने

के मजा भेटमा मजाक थिएन भने
के मजा मौकामा दनक दिएन भने
के मजा मधु प्याला सँगै पिएन भने
के मजा चिरिएको मुटु सियन भने

के मजा बोलाएका बखत आएन भने
के मजा माहोलमा मजा छाएन भने
के मजा मदहोस गाना गाएन भने
के मजा कता छस् भन्दै धाएन भने

के मजा भेट्ने अवसर जुराएन भने
के मजा दोबाटोमा थोरै कुराएन भने
के मजा नशामा अङ्ग्रेजी फुराएन भने
के मजा प्यालाका प्याला तुराएन भने