आजभोलि इमान्दार सँग पनि इमान हुँदैन
चाकरी गर्नेको आफ्नो निजी पहिचान हुँदैन
अँध्यारोसँग डराउन पनि के डराउनु
जब कि मनमा यहाँ कहिल्यै बिहान हुँदैन
सरकारले श्मशानका लागि जग्गा छुट्याउँछ
जहाँ मर्ने मनको एउटा सानो चिहान हुँदैन
गोजी भारी राख्ने गर भन्छन् सबै
त्यस्ता धनीका लागि बनेको संविधान हुँदैन
मेरो जुत्तामा दुई कदम हिँडेर हेर तिमी
ठूलो खुसीमा पनि सानो गुमान हुँदैन ।
सिमरा-२, बारा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला