देखिने  त्यो  पहेँलो   सुन   खानीमा  हुन्छ
मान्छेको  परिचय  उसको  बानीमा  हुन्छ
अरुलाई हेर्ने  तिम्रो  नयन  तोलामा  हुन्छ
आफैँलाई  हेर्ने चाहिँ  मात्र आनीमा  हुन्छ
गिद्धे आँखाहरू  इन्दिरा र  मुनाहरूमा हुन्छ
मुकुन्द बनेर आए खुकुरी सिरानीमा  हुन्छ
आफूले  अरुलाई  होइन  आफैँलाई  चिन्नु  पर्छ
सुगन्ध नखोज मूर्ख कस्तुरी बिना नाभीमा हुन्छ ।
फालेलुङ – ३ , पाँचथर