भासिएला त्यो धरातल होश गर्दै गर्नू
हुँदैन उस्तै हरेक पल होश गर्दै गर्नू !
एउटा भयो निकै ठूलो अर्को पुड्कै रह्यो
पछि त मिल्न सक्छ हल होश गर्दै गर्नू !
परोपकारी देखिन्छ ऊ टाढाबाट हेर्दा
भित्र भित्रै गर्छ रे छल होश गर्दै गर्नू !
जनतालाई नागरिक बनाउने कुरामा
पहिलो हुन्छ कुन दल होश गर्दै गर्नू !
वागमती ११, कर्मैया, सर्लाही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला