आफ्नोपनबाट आफ्नो हराएजस्तै
आफैँले आफ्नो अस्तित्व गुमाएजस्तै
एकचोटी तिमी पनि आई हेर्नु
सूर्य अगाडि चन्द्रमा आएजस्तै
निकै सजिलो पनि रहेन रहेछ
मसी बगाउनु आँसु बगाएजस्तै
बस सपनामा तिमी आइदिनु
खुसी हुनेछु म सबैथोक पाएजस्तै
शिक्षित तिमी किताब पढ्छौ
म भने मान्छे, तिमीले सिकाएजस्तै ।
सिमरा-२-बारा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ माघ २०८२, सोमबार 







