सरकारले साबुन बाँडेछ आमा आज
ए त्यसैले पानी छैन धारामा आज

गुराँसको बोटमा पनि झुन्डिन मिल्ने रैछ
डोरी ल्याउनुस् पिङ बनाउनेछु हाँगामा आज

सोध्नुभयो सिस्नु पानी चाख्नु भयो त
भनेँ खासै नुन पुगेन खानामा आज

हिजो गुलेली चुँडाएर फाल्न लगाएको
हेर्छु डाँफे बसेको रैछ छानामा आज

मलाई भिज्न खुब मन पर्छ भनेको थिएँ
साथीले प्वाल पारेछ छातामा आज

साँच्चै ऊ त मेरो मनमा बस्छे अचेल
अनि यो को हिँड्दैछे बाटामा आज ।

 

दुनपा-1 गिचिहानी, सिन्धुली