ओभानो आँखा रुझाएर टोलाएँ
मधुशालामा चित्त बुझाएर टोलाएँ
तिम्रो यादलाई पन्छाउनै सकिनँ
शराबसँग जीवन भजाएर टोलाएँ
सँगै थियौँ, खै कसरी छुट्यो साथ
एक्लै एक्लै मधुशाला धाएर टोलाएँ
छैन कोही मेहफिल उठिसक्यो
एक्लै गजल गाएर टोलाएँ
अथाह मेरो मायाको बदलामा
आँशु निशानी पाएर टोलाएँ ।
रौतहट, गुजरा २
हालः ललितपुर, लुभु
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला