गुलियै रुचाउँछन् सबै प्यारै रुचाउँछन्
मान्छेहरू किन मीठो साह्रै रुचाउँछन् ?
मेरा लागि प्रिया भीरकी कुमुदिनी बनिन्
बेमान यी आँखा अफ्ठ्यारै रुचाउँछन् ?
उनी पनि यादहरू किस्ता-किस्तामा पठाउँछिन्
माया गर्नेहरू किन उधारै रुचाउँछन् ?
भर्खरै त सम्बन्धमा संवाद सुरू भयो
अब प्रेम हुन्छ बिस्तारै-बिस्तारै रुचाउँछन्
भलो सोच्नु गलत होइन आफन्तले यत्ति बुझून्
अन्धो हुन्छ प्रेम प्रेमी अँध्यारै रुचाउँछन् ।
गुल्मी, हालः कीर्तिपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला