कसैले बहर हो, भनेछन् मलाई
कसैले लहर हो, भनेछन् मलाई

समस्या अनेकौँ भएको बुझेर
विवशको कहर हो, भनेछन् मलाई

गरेरै सफाई, हुने हो चिटिक्क
पुरानो सहर हो, भनेछन् मलाई

लुकेको छ आँखा, फुलेको कपाल
जवानी रहर हो, भनेछन् मलाई

लेखेको अमल हो, कहानी फुरेन
गजलको ठहर हो, भनेछन् मलाई।

भरतपुर, चितवन
हाल यूएई