द्रौपदीले दुशासनको छातीको रगत मागेजस्तै
घरिघरि त लाग्छ यो देश सतीले सरापेजस्तै
हेर्छु कति अन्याय छ अपराध छ समाजमा
यस्तो लाग्छ न्यायमूर्तिले नै आँखा ढाकेजस्तै
तिमीलाई लाग्दो हो हाँसेकै त छ, बाँचेकै त छ
तिम्रो यादले लाग्छ अचानोमा मुटु काटेजस्तै
जति नै मारोस् यो दुनियाँ मलाई फरक पर्दैन
घरमा आमा भेटेपछि लाग्छ जिन्दगी बाँचेजस्तै
आउनेको स्वागत जानेलाई बिदा गर्दै ठिक्क छ
भएको छ जिन्दगी यो आफ्नै ढोकाको पालेजस्तै ।
सुनवल १३,
नवलपरासी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला