हर क्षण प्रभु नाम पुकार्न सके त,
खराब आचरणलाई सुधार्न सके त !
लोभ नै हुन् राम्रा र मिठा भन्ने शब्द,
अनावश्यक तृष्णा ती मार्न सके त !
रुमल्लिइरहेका कयौं यात्री हुन्छन्,
सही मार्ग दर्शनमा उतार्न सके त !
हेपेर अरुलाई ठूलो बन्छ मान्छे,
अहंकार ऊ भित्रका झार्न सके त !
मुर्झाएको फूलमा अनगिन्ती बिज,
असल बिज छानी उमार्न सके त !
ज्ञानभन्दा माथि केही छैन रहेछ,
त्यो घैला आफूभित्र सार्न सके त !
लमजुङ, बेशी सहर
हाल: टोखा, काठमाडौं



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ मंसिर २०८२, आईतवार 






