तिमी नाचिरह्यौ म तिम्रो चालमा हराएँ
उर्ली बहने तिम्रै केशको छालमा हराएँ
गीतसँगै संगीतसँगै म तिम्रै आँखाभरि
झिमझिम झिम्कने परेली तालमा हराएँ
डुबेँ म हरेक चालमा, घुमेँ म घुमाइसँगै
नागिनसरि त्यो तिम्रो जिउडालमा हराएँ
नजर मिलायौ तिमीले नसा पिलाएसरि
कठै म तिम्रै मायाको इन्द्रजालमा हराएँ
भुलायौ सदा तिमीले, पल पलमा हराएँ
आज म मेरो आफ्नै हरेक हालमा हराएँ
——————-
ठूलीपोखरी, कुश्मा, पर्वत
हालः टोरोन्टो, क्यानडा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 










