घुम्ने कुर्सी, चिल्लो टेबुल,ढाका टोपी ढल्काएर।
दौरा,सुरवाल,चट्ट जुँगा,कालो चस्मा टल्काएर ।।

कता जाने अहिल्यै हजुर, लोकले देखे के पो भन्ला ?
दुई औलाको कापमा च्यापी, सूर्य चुरोट सल्काएर ।।

जनसेवातिर लागे सबको भलो हुन्थ्यो बरू ।
जोगाउने कुर्सी दाउ , झल्ला जमात पल्काएर ।।

ठूलो जत्था बोकि साँझ, रेष्टुरेन्टमा छिर्नु पर्ने ।
ब्राण्डी र ह्वीस्की प्याला रमाउँदै छल्काएर ।।

मध्य रात बिती सक्छ रमाईलो सिद्दिदैन ।
हाकिम साहेव प्रशन्न छन् अनुहार झल्काएर ।।