देशमा के होला यस्तै चलन चलिरह्यो भने
आफैँबीच भिडन्तको आगो जलिरह्यो भने

कैले नपाएको दुःख भोग्न बाध्य बन्न सक्छ
दुस्मन भएर भाइचारा नाता ढलिरह्यो भने

कसरी देश समृध्दिको शिखरमा पुग्ला खै
आफैँ बीचमा शंकाको बिउ फलिरह्यो भने

बन्न सक्छ विदेशीको खेलमैदान देशमा
यस्तै गरी रिस रागको पुल्ठो बलिरह्यो भने

स्वार्थमा शक्ति भिडाउने संसारमा धेरै छ
सहन्छौ कसरी उनैको ढलिमली रह्यो भने ।