लाखौं तारामा एउटा तारा रोजेँ मैले
सुख दु:खका झमेला सारा रोजेँ मैले

बधाईको आकार बिस्तार हुँदै जाँदा
गाउँ छोडेर बसाइँ बारा रोजेँ मैले

नवीन मुना वर्षैपिच्छे थपिने हुँदा
सिरानी यहाँ गोठको थारा रोजेँ मैले

बाआमाको आशीष दुबो सरी फैलिँदा
जोत पोतको बलियो नारा रोजेँ मैले

संघर्षको मैदानमा लडौँ हाम्रै लागि
चुनाव चिह्न बगेको धारा रोजेँ मैले।