हाम्रो बाको थाप्लोमा नाम्लो पिठ्यूँमा डोको थियो
लक्ष्य एउटै उहाँको सन्तान पढाउने धोको थियो

श्रीमान् विदेश भएको बेला श्रीमती पोइल गइन्
विचरा! दुधे बालक पछ्याउँदै कति रोको थियो

दाउरा खोज्न गएको दाइलाई गोली ठोकेछन्
राम्रो नहेरी बम भने तर त्यो खाजाको पोको थियो

सिपाहीमा भर्ती हुन भाइ अक्षम भयो अरे
हातमा बाँझो खेत खन्दा नै उठेको फोको थियो

नगर प्रहरीले हिजो एक वृद्धलाई गाडीमा कोचे
विचरा! ऊ इन्तु न चिन्तु दुई दिनदेखि भोको थियो।

सोलु.दु.न.पा.-७ गार्मा, सोलुखुम्बु