जब ऊ दलबलसहित आउँथ्यो
मेघ गर्जाएर पानी वर्षाउँथ्यो

कही विपक्षमा आवाज त उठोस्
झरीमा के खडेरीमा रुझाउँथ्यो

वियोगमा डुबिरहेछ आज उतै कतै
जहाँ हरपल प्रीतका धुन घन्काउँथ्यो

अचेल अनुहार हेर्नै मान्दैन उसको
जसको शिरमा गुरास सजाउँथ्यो

मट्टीतेल छर्किएर सलाई कोर्दैछ आज
जुन अँगालोमा ऊ हररात निदाउँथ्यो ।।

कैलाली