खुब घमण्ड गर्दै थियो युद्ध मैदानमा ऊ ढलिरहेको छ
समयको खेल न हो असमन्जसमा ऊ रुमलिरहेको छ
तिमी जिन्दगीको परिभाषा एउटै बोकेर हिँड्छौ सधैं
यहाँ सापेक्षवादको सिद्धान्तले विज्ञान चलिरहेको छ
अब बिर्सिनु पर्छ अगाडि बढ्नुपर्छ मलाई सम्झाइरह्यौ
अझै यादहरुले मुटु पोल्छ भित्र यो मन जलिरहेको छ
हामीले विश्वास गर्यौं भोट हालेर पठायौँ त्यो कुर्सीमा
ऊ सर्वशक्तिमान सम्झिन्छ हामीलाई छलिरहेको छ
एक झिल्को नै काफी हुन्छ लङ्कानगरी दहन गर्न
मेरो पनि समय आउँछ ईखको झिल्को बलिरहेको छ ।
सुनवल १३, नवलपरासी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला