हिजो आज त फूलका पत्रहरू पनि धार जस्तै लाग्छ
कसरी भन्न सक्यौ ? तिम्रा वचन प्रहार जस्तै लाग्छ
जनादेशले त भनेकै थियो नगर्नु देश माथि खेलबाड
सुन्दैन जनताका आवाज बहिरो सरकार जस्तै लाग्छ
षडयन्त्र गर्दै छन् अझै पनि एक अर्कालाई पछार्ने
आफ्नै पोल्टो भर्ने मात्रै छ सबैको हतार जस्तै लाग्छ
किन आउँछौ सधैँ तिमी सपनीमा अँगाल्न मलाई
जिन्दगी त वारिपारि नदीका दुई किनार जस्तै लाग्छ
सम्झिन्छु बाबाले गरेका सङ्घर्षहरू सन्तानका निम्ति
खुसी थियो माया थियो उहाँमै थियो संसार जस्तै लाग्छ ।
हेटौडा – ८, कमाने
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला