बहर: बहरे बसीत
हो, जिन्दगीमा खुसीयाली कहानी भयो
घाटा हुने ठाउँमा मात्रै लगानी भयो
खोज्दै सबैको खुसी धेरै उकाली चढे
मस्तिष्कमा सम्झना एक्लै निशानी भयो
आवेगमा होश गुम्दा धारणा बन्छ रे !
भन्दा यहाँ चेतना, दोषी जवानी भयो
मिल्ने भए चाहना मेरो क्षमा माग्दछु
जानेर भन्दा यहाँ गल्ती नजानी भयो
ज्यानै लगाएर बाजी युद्धमा होमिए
जीवन ढल्यो भूमिमा दर्शक सुखानी भयो ।
सोलु.दु. न. पा.-७ गार्मा, सोलुखुम्बु



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ कार्तिक २०८२, शुक्रबार 







