मरी सकेँ भनिठान्यौ म सास फेर्दैछु
अब बल्ल होसमा आएँ आस फेर्दैछु

ईच्छा र आकांक्षाको घाँटी रेटेपछि
बाँकी जिन्दगी बिसाउने बास फेर्दैछु

मनले शान्ति नपाएपछि बाध्य भई
पखेटा फड्का मार्ने आकाश फेर्दैछु

खानुको के कुरा मुखै कोकाएपछि
तीतो नै मिष्ठान्न सम्झी मिठास फेर्दैछु

एकताको दुरी झन् फाट्दै गएपछि
बसाईं सराई गरी तिम्रो पास फेर्दैछु ।