जीवनमा एउटा मान्छे, यसरी आउँछ थाहै हुँदैन
जग्गेमा बसेपछि, आफैं माया लाउँछ थाहै हुँदैन
मदिरा भन्दा कडा नसा, प्रेमको हुँदोरहेछ साथी!
प्रेम पिउन छाडेपछि, मात चखाउँछ थाहै हुँदैन
प्रेममा कहिलेकाहीँ बचपना हुन पनि जरुरी छ
मनमुटाव हुँदा प्रेमी कस्ले, फकाउँछ थाहै हुँदैन
ज्योतिषीले रेखा हेरेर भाग्य,भविष्य सुनाए हैन?
खराब नियत राख्नेले, हात समाउँछ थाहै हुँदैन
प्रिय आज फेरि मृत्युलाई मात दिएर प्रेम गरौं
यो जीवनमा, कस्ले बाँच्न सघाउँछ थाहै हुँदैन।
दमौली, तनहुँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१ माघ २०८२, बिहीबार 









