
सरकार, तिम्रो तालमा बहालमा, यस्तै छ
रोग बाँडिन्छ अस्पतालमा, यस्तै छ
।।
गुन्द्री बुन्ने हातहरू द्वन्द्वमा भाँच्नु भयो
बस्नुस् विदेशको त्रिपालमा, यस्तै छ
।।
मेचमा पाप, टेबलमा घुस र अगाडि छन् यमराज आफैँ
यता न्यायको चित्र छ पर्खालमा, यस्तै छ
।।
रगत बगाउने कटुस, धुपी र सिसौ पलाएनन्
अल्लो र सिस्नो पुगे दरबारमा, यस्तै छ
।।
चित्रमा दूध छ, दही छ, घिउ छन् घोषणा
रातो चिया नि छैन व्यवहारमा, यस्तै छ
।।
दुधौली-1,गिचिहानी, सिन्धुली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
