देशका जनता नुन मागिरहेका छन्
मन्दिरका देवता सुन मागिरहेका छन्
गरिबी महामारी र बेरोजगारीले सूर्यलाई ढाक्दा
अँध्यारोमा परेका बस्तीहरू जून मागिरहेका छन्
नसुने जस्तो गरिएका याचनाका गीतहरूले
सुमधुर सारङ्गीका धुन मागिरहेका छन्
के थाहा खुकुरीहरूलाई अचानोको पीर
अझै पनि जाँतोहरू घुन मागिरहेका छन्
नजाने बाहेक जानेहरू देश छोडिरहेका छन्
देश भने अझै महावीर पुन मागिरहेका छन् ।
लोकेन्द्र केरुङ “सिक्साम्बा ”
फालेलुङ – ३, पाँचथर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला