रामशरण गैरे

निर्दयीको यादमा जल्दैछ जिन्दगी
पलपल गर्दै यहाँ, ढल्दैछ जिन्दगी ।

सकिएन भुल्न अतितका दिनहरू
सुस्त सुस्त पवन झैँ, चल्दैछ जिन्दगी ।।

वियोगले यो छाती, चिरिएकै छ
दर्द अनि पीडाले, गल्दैछ जिन्दगी ।

निष्ठुरीको यादले पोल्छ यो छाती
बितेका पल सम्झी, बल्दैछ जिन्दगी ।।

अझ पनि छन् नयन, तिम्रै बाटो हेर्दै
मिलनको आशले, छल्दैछ जिन्दगी ।

भरतपुर-१९, चितवन