कति बेला आँशु झर्यो, पत्तै भएन
थियो मुटु कता सर्यो, पत्तै भएन
पैह्रो गयो यो दिलमा, चिरा परेर
को हो कस्ले के के गर्यो, पत्तै भएन
सपनाहरू कति थिए, कति बुनेका
खै कसरी टुट्यो टर्यो, पत्तै भएन
मैले उनलाई राखेर, सजाएको
त्यो आकाश कता पर्यो, पत्तै भएन
आज पनि निरासासँग, लडिरहेछु
आशाहरू कैले मर्यो, पत्तै भएन ।
सुनकोशी ६, सिन्धुली
हालः पोखरा
सम्पर्क नं. ९८४४४४०३२९
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला