
गाउँ घर छाडी परदेशमा जाने रहर कसैलाई हुँदैन,
आफ्नो देशको भन्दा विदेशको भर कसैलाई हुँदैन।
त्यो त नेता मात्र हो जो नतमस्तक हुन्छ विदेशीको,
विदेशीकै दलाल भए जनताको डर कसैलाई हुँदैन।
ऐयासी गर्छन् र उड्छन गुड्छन् देशको सम्पत्तिमा,
उन्को जस्तो राम्रो सुविधाको सफर कसैलाई हुँदैन।
श्रमजीवी जनताको जेब नै काटिन्छ आवागमनमा,
किन जनताको हितमा बोल्ने कर कसैलाई हुँदैन।
देशनै बेची खाए यिनै नेताहरूले आफू सत्तामा हुँदा,
सोझा जनताहरूलाई ओटलाग्ने घर कसैको हुँदैन।
एक दिन बिक्छ सबै यिनै नेता रहिरहे सत्तामा भनी,
खेतीयोग्य जमिन, खोला हिंड्ने बगर कसैको हुँदैन।
दाङ, घोराही १८



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
