सीप हुनेले मुढो तासेर हलो बनायो
मन जित्नेले सबै जनको भलो बनायो

थारो भूमिमा श्रम पसिना खर्च गर्नेले
हेर्नु मार्गमा गरा गरामा खलो बनायो

नयाँ पुराना सबै सिर्जना यहाँ सिगार्न
कतै कंक्रिट कतै काठको बलो बनायो

रन वनको प्रेम भावले कर्म गर्नाले
मैना चरीले मीठो मधुर गलो बनायो

वृक्ष नुघेको मान्छे झुकेको प्रिय बानीले
दु:खैदु:खमा पनि उपल्लो तलो बनायो।

 

स्याङ्जा