
युद्धले मान्छेलाई फँसाए के हुन्छ
संसारबाट सीमा हराए के हुन्छ
उफ् ! न स्वर्ग न नर्क यो जगतमा
हर प्रहर दानव कराए के हुन्छ
भन्छन् नि दिन आफ्नो रात अर्का
सदाको लागि घाम अस्ताए के हुन्छ
सबले लुछेर खाने यो धर्तीलाई
एकै निमेषमा ह्वात्तै बगाए के हुन्छ
तँ ठूलो कि म ठूलो ! भन्नेहरूलाई
एकैछिन प्राण वायु नआए के हुन्छ
किन अजिङ्गर भोक भोकै डुल्नु
मलाई सुलुक्क निली अघाए के हुन्छ
दम्भ झुलाउने कंक्रिटका उद्यानहरू
भूकम्पले सोत्तर पारी ढलाए के हुन्छ
धर्मको नाउँमा मन्दिर भत्काउनेले
मन्दिरमा जलहरी नलगाए के हुन्छ
~~~~
गजुरी-५, धादिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
