कानुन तथा ऐन राष्ट्रिय हितमा हुन्छ
कस्ले भन्यो छिमेकीको प्रीतमा हुन्छ
धेरै पटक लडेपछि उठ्नेले हार्दैन रे
सहजै जीते न त मजा जीतमा हुन्छ
तिर्खा लागेपछि पानी पिउनु स्वर्ग हो
प्यासको सौभाग्य न त धीतमा हुन्छ
राजनीति मात्र देश बनाउनलाई गरिन्छ
अरुको छायाँ अरुकै भर शीतमा हुन्छ
बाघ बाघ नै हो बिरालो बिरालो नै हो
तपाईँको स्वभाव कसरी मीतमा हुन्छ ?
हेलम्बु-६, सिन्धुपाल्चोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला