आज म थोरै पिएर आउँछु कुरेर बस्नू है
धेरै माया लिएर आउँछु कुरेर बस्नू है

आमा, बुबालाई नि समय दिन पाउँदिन
आज थोरै दिएर आउँछु कुरेर बस्नू है

मायाको चिनो के दिनु दिनु
एउटा रुमाल सिएर आउँछु कुरेर बस्नू है

यादमा जिउनुको मज्जा नै बेग्लै
तिम्रै यादमा जिएर आउँछु कुरेर बस्नू है ।