एउटा दिल कतिपटक दुखाउँछौं, बेखबर छु
सूर्य उदाएपछि नैं चन्द्र लुकाउँछौ,बेखबर छु

भरि गाग्री छचल्किन्न, भन्ने लाग्थ्यो सबैलाई
तिर्खालुको प्यास मेट्न रुचाउँछौ, बेखबर छु

आँसुपछिका आँखाहरूले झुट बोलेको देखेँ
आँखाहरूलाई बारबार रुलाउँछौ, बेखबर छु

आफ्नै प्रेमकथा पनि बुझाउन सकेको छैन
जिन्दगीको कथालाई घुमाउँछौ, बेखबर छु

डुङ्गा चढेर पर्यटक घुमाउँदा रमाइलो लाग्ला
मायाजालमा कतिखेर डुबाउँछौ, बेखबर छु

दमौली, तनहुँ