जाऊ सक्छौ भने तोडिएको सम्बन्ध जोडेर देखाऊ
हेर त ती वृद्व आमाको आँसु खै गोडेर देखाऊ

गुड्दैछ किन नसोचेको गोरेटोमा आज सबैको मन
सक्छौ भने मनको गोरेटो मोडेर देखाऊ

कति सहन्छौ सहनेहरूले अब त अति भो
सक्छौ भने सबै दु:ख छोडेर देखाऊ

पैसा, पैसा, पैसा भन्छौ मरेर लान्छौ र ?
सक्छौ भने पैसाको त्यो मोह तोडेर देखाऊ ।