अबदेखि सपनीमा तिमीलाई देख्ने छैन
यो हातले तिम्रो नाउँमा प्रेमपत्र लेख्ने छैन

जहाँ जान्छौ जाऊ सानु शुभयात्रा तिमीलाई
गहभरि आँशु बोकी तिम्रो बाटो छेक्ने छैन

बाचा भयो निदरीमा नाउँ लिएर रुने छैन
तिम्रा चिनो तस्बिर घडी कदापि म छुने छैन

बसाउनु नयाँ घरबार बिथोल्न म आउने छैन
तिम्रो नाउँमा गीतगजल कदापि केही गाउने छैन

खुसी हुनू, घर सम्हाल्नू, सम्झी रुनु पर्ने छैन
हामी भेट्ने भन्ज्याङतिर कदापि म झर्ने छैन

उसलाई शिरमा सजाउनु म मन्दिर नचढ्ने फूल न हुँ
अनायासै नबुझी गरिएको तिम्रो एउटा भुल न हुँ ।