
ज्ञान अरस्तुको र विचार अस्तुझैँ भए जस्तो
सौन्दर्य तिमी जस्तो, नभए जस्तो, समय जस्तो
।।
अज्ञानी, मूर्ख, एकबुद्धि भावनाहीन हुन्छन् रे पशु
सुन्दा पक्कै लाग्नेछ हामी जस्तो, मनुष्य जस्तो
।।
म बोलेछु, जे बोल्दिँए हजुरबारे ऊसँग
समाज हाँसेको देखेर सोच्नु भो व्यङ्ग्य जस्तो
।।
हरेक डर सत्य हुँदैछन्, विस्मित शब्द रित्तिए
हरदिन लाग्दैछ इतिहास बन्ने भवितव्य जस्तो
।।
धर्म, प्रेम, भातृत्व, मित्रता, सहिष्णु विवाह बन्धन
केही रहेन जगतमा सोचेजस्तो सभ्यजस्तो
।।
अवस्थित ताराहरूले पालो पालो अनुहार फेर्छन्
आमा डराउँछिन फुत्त फेरिएला भाग्यजस्तो
।।
छिमेकीलाई खाल्डोमा हालेर निस्फिक्री घर फर्किंदैछौँ
अन्त कोदाली नभएजस्तो अरुको पाखुरा काटिएजस्तो
दुधौली -1 सिन्धुली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
